लालपुर्जा पाएपछि फटकशिलाबासी मख्ख

आफ्नै फोटो टाँसिएको लालपुर्जा हेर्ने रहर

प्रकाशित मिति: 2018-03-30
सोबिता रिसाल

सिन्धुपाल्चोक मेलम्चि नगरपालिका फटकशिलाका सानी कान्छी डोटेल हजुरबाको पालादेखि गुठीको जग्गामा बस्दै आए पनि एक हप्ताअघि मात्र मन्त्रीको हातबाट लालपुर्जा पाउनुभयो । प्रदेश नम्बर ३ का कृषि, शहकारी तथा भूमिसुधार मन्त्री दाबा दोर्जे लामाले उहाँलाई लालपुर्जा दिनुभएको थियो । 

फटकशिलामा झण्डै १२ सय घर परिवार बसोबास गर्दछन् । तर, पशुपति गूठीको नाममा रहेको जग्गामा पुस्तौदेखि बसोबास गर्दै आईरहेका हरुसँग जग्गा धनी पुर्जा छैन । १ सय २५ परिवारले अघिल्लो साता मोहीयानी हकसहितको लालपुर्जा त पाए तर, आफ्नै फोटोसहितको लालपुर्जा हेर्ने रहर सुकुम्बासीलाई छ । 

आफ्नै नाममा फोटो टासेको पुर्जा पाए झन् खुसी हुने थियौ सानी कान्छी डोटेलले भन्नुभयो, जग्गा बैंक सम्म धितो राखेर ऋण लिन सक्ने, किन्दा वा बिक्रि गर्दा अफ्ठेरो नपर्ने खालको लालपुर्जा पाए सजिलो हुन्थो । 

फटकशिलाका ४ सय ७४ परिवारले लालपुर्जा माग्दै आवेदन दिएकामध्ये १ सय २५ परिवारले मात्र लालपुर्जा पाए । राष्ट्रिय भूमि अधिकार केन्द्र, जिल्ला भूमि अधिकार मञ्च तथा सामुदायिक आत्मनिर्भर सेवा कन्द्र केन्द्रको पहलमा प्रदेश नम्बर ३ का कृषि, शहकारी तथा भूमिसुधार मन्त्री दाबा दोर्जे लामाले लालपुर्जा वितरण गर्नुभएको थियो ।

स्थानीयले आफ्नै स्वामित्वमा लालपुर्जाको माग गरे । नियम अनुसार गूठीको जग्गामा बसोबास गर्न पाईदैन । तर, पुस्तौदेखि देशभरमा रहेका २ हजार ८२ गुठीका अधिकांश जग्गामा सुकुम्बासी बसेका छन् । 

फटकशिलामा गुठीको जग्गामा बस्दै आएकालाई लालपुर्जा वितरण कार्यक्रममा काभ्रे सिङपालमा गुठीको जग्गामा बस्दै आउनुभएका लाक्पा शेर्पा भेटिनुभयो  । फटकशिलामा गूठिको जग्गामा बसेकाले लालपुर्जा पाएको देखेर उहाँले आफुलाई पनि आशा पलाएको बताउनुभयो । यहाँका नागरिकले मोहीयानी हक सहितको लालपुर्जा पाउनुभयो, हाम्रो पनि गूठी जग्गाको विवाद छ, हाम्रो पनि समस्या समाधान हुन्छ होला भन्ने आशा गरेका छौ लाक्पाले भन्नुभयो । 

गुठीको नाममा जग्गा बाँझै राख्नुभन्दा उत्पादनमुखी काम गर्न पाउनुपर्ने त्यसक्षेत्रमा बसोबास गर्नेहरुको माग छ । बर्षौदेखि जमिन भोग चलन गरिरहेका किसानलाई सोही जमिनको मालिक बनाउने गरि कानुुन निर्माण गर्ने बताउनुहुन्छ, प्रदेश नम्बर ३ का सांसद शरेश नेपाल । खनजोत गरिरहेका किसानलाई त्यो जमिनको मालिम बनाउने गरि फोटो सहित जोताहा किसानकै स्वामित्वमा जाने गरि प्रदेशसभामा कानुन निर्माणको अभियानमा लागेको उहाँले बताउनुभयो । 

फटकशिलामा गुठीको जग्गामा बस्दै आएकालाई लालपुर्जा वितरण कार्यक्रममा काभ्रे सिङपालमा गुठीको जग्गामा बस्दै आउनुभएका लाक्पा शेर्पा भेटिनुभयो  । फटकशिलामा गूठिको जग्गामा बसेकाले लालपुर्जा पाएको देखेर उहाँले आफुलाई पनि आशा पलाएको बताउनुभयो । यहाँका नागरिकले मोहीयानी हक सहितको लालपुर्जा पाउनुभयो, हाम्रो पनि गूठी जग्गाको विवाद छ, हाम्रो पनि समस्या समाधान हुन्छ होला भन्ने आशा गरेका छौ लाक्पाले भन्नुभयो । 

मुलुकभरमा गरी गुठीको नाममा साढे १४ लाख रोपनी जग्गा छ । त्यस मध्ये पनि काठमाण्डौ र जनकपुरमा गुठीको जग्गा धेरै छ र कहिनकही सुकुमबासी बस्दै आएका छन् । देशभरी देखिएको यस्तो समस्या समाधानका लागि के पहल भइरहेको छ ? प्रदेश नम्बर कृषि, शहकारी तथा भूमिसुधार मन्त्री लामा समस्या समाधानका लागि स्थानीय तह, नगरपालिका, गूठी सस्थान वा सुकुम्वासी समस्या समाधान आयोग गठन गर्ने वारेमा सरोकारित क्षेत्र संग छलफल गरेर अगाडी बढ्ने बताउनुहुन्छ । 

२०७० सालको तथ्याङकलाई आधार मान्दा ८ लाख ६१ हजार ३ सय १७ जना भूमिहिन मुलुकमा छन् र  जग्गा उपलब्ध गराईदिन उनीहरुले सरकारसंग निवेदन दिएका छन् । निवेदन नदिएका सुकुमबासीहरुको संख्या पनि निवेदन दिएकाहरु भन्दा कम छैन । देशैभरिका सार्वजनिक गुठीको जग्गामा बस्दै आएका सुकुम्बासीले आफुहरुलाई गुठीकै जग्गाबाट मोहीयानी तथा रैकर लालपुर्जा दिन माग गर्दै आएका छन् ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार