एनजियोले संस्थाहरुले अब स्थानिय सरकारसँगनै साझेदारी गर्नुपर्नेमा बहस सुरु

प्रकाशित मिति: 2018-03-29

काठमाण्डु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले अब स्थानिय सरकारसँगनै साझेदारी गर्नुपर्नेमा बहस सुरु भएको छ । केन्द्र सरकारसँगको सहकार्यमा छलिरहेका सस्थाहरु विकेन्द्रित हुनुपर्ने र स्थानिय सरकारसँगको समन्वयमा काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । एड्भेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफएजेन्सी—आड्रा नेपालले स्थापनाको तीसौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले गैरसरकारी संस्थाहरुले पनि अब विकासको मोडेल परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

समुदायस्तरमा सबै निर्णय लिने अधिकार स्थानीततहमा गैसकेकाले गैरसरकारी क्षेत्रबाट सञ्चालन गरिने विकासे कार्यक्रमहरु पनि स्थानीय सरकारकै सहयोगी हुनुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा बोल्दै पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले मुलुक अब राजनीतिक स्थीरताको बाटोतर्फ गएकाले अब मुलुकको प्राथमिकता विकास भएको र गैससहरुको भूमिकापनि थप फराकिलो भएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एशोशियसनका अध्यक्ष डा शिवेस चन्द्र रेग्मीले आइएनजिओहरु सरकारकै सहयोगी भएको बताए । उनले नेपाल सरकारको प्राथमिकता अनुसार नै उनीहरु चल्ने भएकाले सरकारको प्राथिमकताअनुसार नै नेपालका आइएनजिओहरु निर्देश हुने बताए ।

कार्यक्रममा मुख्यअतिथि आड्रा इन्टरनेशनलका अध्यक्ष जोनाथन डफीले विगत ३० वर्षदेखि आड्रालाई नेपालमा योगदान गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे । आड्राको विश्वव्यापी सञ्जाल १३० भन्दा बढी देशमा रहेको छ ।

यसै सञ्जाल अन्तर्गत सन् १९८७ मा आड्रा नेपालको स्थापना भएको हो । मानवीय सहायता र विकासका विभिन्न क्षेत्रमा आड्रा नेपालले काम गर्दै आएको र विशेष गरी विपन्न, महिला, र विकासको पहुंच कम भएको समुदायलाई आफ्नो विभिन्न कार्यक्रमहरुबाट सहयोग गर्दै आइरहेको छ ।

हाल जिविको पार्जन, स्वास्थ्य, शिक्षा र विपतजोखिम व्यवस्थापनलाई आड्रा नेपालले मुख्य क्षेत्र बनाएर नेपालका दुर्गम क्षेत्रहरुमा कामगर्दै आइरहेको छ ।

तपाईंको बिचार