कालिकोटका २ स्थानिय तह अख्तियारको फन्दामा

प्रकाशित मिति: 2018-03-20
हस्त चौलागाइ, रेडियो चंखेली कालीकोट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका २ स्थानिय तहमा छापामारी कागजात नियन्त्रणमा लिएको छ । कालिकोटको नहरिनाथ गाउँपालिका र महावै गाउपालिकाका कागज पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो । नरहरिनाथ गाउँपालिकामा पनि कार्यालय व्यवस्थापनमा अनियमितता भएको भन्दै अनुसन्धानको लागि कागजात लगिएको छ । 

स्थानिय तह गठन गरे यता स्थानिय तहमा विभिन्न विकासे वजेटमा अनियमितता गरेको भन्दै दुवै गाउपालिकाका कागज पत्र लगेर अनुसन्धान थालेको हो । गाँउपालिकाले कार्यविधि विपरित र मनोमानि ढंगवाट काम गरेको भन्दै अख्तियारले फाईल लगेको महावै गाउपालिकाका कार्यकारी अधिकृत नन्दप्रसाद देवकोटाले वताउनु भयो । 

यस्तै नरहरिनाथ गाउँ पालिकामा पनि कार्यालय व्यवस्थापमा अनियमितता भएको भन्दै अनुसन्धानको लागि अख्तियारको  क्षेत्रिय कार्यलय सुर्खेतले कागजपत्र लगेको छ ।  केही दिनअघि महावै गाउ पालिकाकाले भ्रमणको लागि ४० लाख वजेट छुटाएकोमा विरोध भएको थियो । 

 

तपाईंको बिचार