भक्तपुर घुम्न आउने पर्यटक बढ्दै

प्रकाशित मिति: 2018-03-13
कृष्णमाया तामाङ

भक्तपुरको विश्वसम्पदा क्षेत्रमा घुम्न आउने पर्यटकहरु बढेका छन् । भक्तपुर घुम्न आउनेहरुमा आन्तरिक भन्दा बाह्य पर्यटक धेरै छन् ।  भक्तपुर दरवार क्षेत्र टौमढी, दत्तात्रय, पोटेरीलगायत सम्पदा क्षेत्रमा अहिले पर्यटकको आगमन बढेको छ ।

भूकम्पछि भक्तपुर घुम्न आउने विदेशी पर्यटकहरु घटेका थिए । तर अहिले भने विस्तारै विदेशी पर्यटकहरु बढिरहेको भक्तपुर उपनगरपालिकाकाको पर्यटक सेवा केन्द्रका शाखा अधिकृत दामोदर सुवालले जानकारी दिनुभयो । अहिले  चीन, भारत, अमेरिका, कोरिया, जापान लगाएत देशका पर्यटकहरु घुम्नका लागि भक्तपुर पुगेको उहाँले बताउनुभयो ।

आर्थिक बर्ष ७४÷७५ को साउन महिनामा १४ हजार ८ सय ५ जना विदेशी पर्यटकले भक्तपुर घुमेका छन् ।  यस्तै, असोज महिनामा १६ हजार ९ सय ५ जना पर्यटककले भक्तपुरको भ्रमण गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष विदेशी पर्यटकहरु बढेको उहाँले बताउनुभयो । कार्तिक महिनामा भने पर्यटकको सङख्या बढेर  २८ हजार ८ सय २२ पुगेको छ । यस्तै त्यसपछिका महिनामा पनि पर्यटक आउने क्रम उस्तै रहेको छ ।

भक्तपुरको ऐतिहासिक, धार्मिक मठमन्दिर विभिन्न स्थानमा वर्षौैनी पर्यटकहरु घुम्न आउने गरेका छन् ।  भारत, भुटान, वङग्लादेश, पाकिस्थान, श्रीलंका, माल्दिभस  तथा चिनबाट आउने पर्यटकहरु धेरै छन् । 

 

तपाईंको बिचार