ताप्लेजुङमा अलैंची खेति बढ्यो

खेत मासेर अलैंची लगाउँदै कृषक

प्रकाशित मिति: 2018-02-23
बसन्त लिम्बु, रेडियो तमोर

अलैंची उत्पादनमा कृषकको व्यवसायिकता बढेपछि उत्पादन पनि गुणस्तरीय हुन थालेको छ । पहिले धुलो सहित चिसो अलैंची बिक्रिका लागि आउने गरेपनि अहिले अलैंचीको उत्पादन र बिक्रिमा पनि सुधार भएको अलैंची कृषक समेत रहनुभएका व्यवसायी खेमराज केसि बताउनुहुन्छ ।

ताप्लेजुङ । केहि वर्ष अघि सम्म ताप्लेजुङका खाली ठाँउ, खोल्सा खोल्सी र ओसिलो ठाउँमा मात्र पाईने अलैँचीको माग र भाउ पनि उच्च भएसँगै व्यवसायिक रुपमा खेति गर्न थालिएको छ । ताप्लेजुङमा आजभोलि धान बाली लाग्ने खेतमै व्यवसायीक रुपमै अलैचिका खेती गर्न थालिएको छ । मौसम र हावापानीको मात्रा मिलाउन सके अन्य बालीको तुलनामा अलैंचीबाट तेब्बरले लाभ लिन सकिने भएकाले यस प्रतिको आकर्षण बढेको हो । फुङ्लिङ नगरपालिकाका किसान खेमराज केसी अलैंची खेतिले राम्रो आम्दानी दिने बताउनुहुन्छ । 

थुकिमाका किसान मिङ्मा शेर्पाले पनि आफ्नो बारीमा भएको सबै तरकारी तथा फलफुल हटाएर अलैँची रोप्नु भएको छ । अलैँचि खेति प्रविधि लगायतका विषयमा समय समयमा सिप विकास तालिम पाएपछि झन उत्साह बढेको उहाँको भनाई छ । 

कृषकको चाहनालाई ध्यानमा राख्दै डेनमार्क सरकारको सहयोगमा जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’ अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच समन्वय गरि कार्यक्रम पनि भईरहेको छ । परियोजनाले अलैंची खेतिमा राम्रो लगानी गरेको परियोजनाका कृषि व्यापार विशेषज्ञ नरेन्द्र निरौला बताउनुहुन्छ ।  

अलैंची उत्पादनमा कृषकको व्यवसायिकता बढेपछि उत्पादन पनि गुणस्तरीय हुन थालेको छ । पहिले धुलो सहित चिसो अलैंची बिक्रिका लागि आउने गरेपनि अहिले अलैंचीको उत्पादन र बिक्रिमा पनि सुधार भएको अलैंची कृषक समेत रहनुभएका व्यवसायी खेमराज केसि बताउनुहुन्छ ।

जिल्लाको कुल क्षेत्रफल मध्ये ४५ सय हेक्टर क्षेत्रफमा व्यवसायिक रुपमा अलैँची खेती गरिँदै आएको छ । प्रतिहेक्टर ०.६० मेक्ट्रिकटनका दरले वार्षिक २४ सय ९० मेक्ट्रिकटन अलैंची उत्पादन हुने कृषि विकास कार्यालय ताप्लेजुङको तथ्याङ्कमा छ । 

तपाईंको बिचार