छेउमै बग्छ पश्चिम सेती

चैनपुरवासीलाई न पानी न विजुली (अडियो)

प्रकाशित मिति: 2018-01-30
सोबिता रिसाल

राष्ट्रिय राजनितिमा समेत चर्चा भैरहने झण्डै ७ सय ५० मेगावाट क्षमताको  पश्चिम सेती नदी बझाङको चैनपुर हुदै, बगिरहन्छ । आँगन भन्दा अलिकति पर मात्रै ठूलो नदी पश्चिम सेती छ । तर चैनपुरवासीलाई न पानीको सुबिधा छ, न विजुली वत्ति नै ।

सयौ मेगावाट विजुली उत्पादनको क्षमताको नदी छेउमै छ, तर विजुली र पानी चैनपुरवासीले चैनका साथ उपयोग गर्न पाउदैनन् । चैनपुरमा निरन्तर ८, ९ दिन सम्म पनि विजुली बत्ति आउदैन ।

राष्ट्रिय राजनितिमा समेत चर्चा भैरहने झण्डै ७ सय ५० मेगावाट क्षमताको  पश्चिम सेती नदी बझाङको चैनपुर हुदै, बगिरहन्छ । आँगन भन्दा अलिकति पर मात्रै ठूलो नदी पश्चिम सेती छ । तर चैनपुरवासीलाई न पानीको सुबिधा छ, न विजुली वत्ति नै । 

आठ दश दिन भैसक्यो, वत्ति छैन, मोवाईल चार्ज गर्न समेत पाईदैन, धारामा पानी आउदैन, भाँडा बोकेर टाढा जानुपर्ने बाध्यता यहाँका मानिसलाई छ, चैनपुरमा बस्दै आउनुभएका स्थानीय बुनी रोकायले भन्नुभयो ।  

तथ्याङक विभागका अनुसार जयपृथ्वी नगरपालिकामा ७० हजार २ सय भन्दा धेरै जनसङख्या छ । चैनपुर बजारमा मात्रै झण्डै २२ हजार जनसङख्या छ । चैनपुरसंगै स्यालाखेत, देउल, पडेष, खेरा लगाएतका क्षेत्रमा पानी र विजुली दुबैको उस्तै समस्या छ ।  

साविकका ५ वटा गाविसलाई मिलाएर बनेको जयपृथ्वी नगरपालिका भरी नै पानी र विजुली दुबैको समस्या छ । सेती नदी, बाउलीघाट जस्ता पानीको स्रोत नजिकै भएरपनि समस्याको समाधान भएको छैन ।

भोट माग्दा जनप्रतिनिधिले पानी र विजुली दुबैको समस्या समाधान गरिदिने आश्वास दिएपनि समाधान भएको छैन । स्थानीय भानुभक्त हमाल स्थानीय तहका जनप्रतिनिधि र सांसदलाई पनि आफ्नो क्षेत्रको विजुली र पानीको समस्याको बारेमा जानकारी गराएपनि समस्याको समाधान नभएको बताउनुहुन्छ ।  

बझाङमा प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ प्रतिनिधि निर्वाचित भएका छन् । स्थानीय तह देखि केन्द्रीय सांसद सम्मलाई बझाङको समस्या थाहा छ । तर, पानी र विजुलीको समस्या समाधानमा भनेजति प्रगति हुन सकेको छैन ।

बझाङबाट, प्रतिनिधिसभामा निर्वाचित सांसद भैरब बहादुर सिंह बझाङमा पानी र विजुलीको समस्या भएको स्वीकार गर्दै समस्या समाधानका लागि पहल गरिरहेको बताउनुहुन्छ । पानीको लागि उपयुक्त मुहान खोजेर आयोजना बनाउनेबारेमा हामी छलफलमा नै छौ उहाँले भन्नुभयो, पानीको समस्या अब छिटै समाधान हुन्छ । 

उहाँका अनुसार चैनपुर आसपासका स्थानमा नियमित रुपमा विजुली बल्न भने कम्तिमा २ बर्ष कुर्नुपर्छ । लाईन र तार जोड्ने काम शुरु भएकाले अबको २ बर्ष सम्ममा चैनपुरमा नियमित रुपमा विजुली बल्ने छ । 

पिउने पानी र बिजुली दुबैको अभाबका कारण विद्यार्थी र गृहणी तथा उद्योग सञ्चालन गर्नेहरु सबैभन्दा धेरै मारमा परेका छन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार