ताप्लेजुङका अग्नीपिडित दुई परिवारलाई राहत प्रदान गरिएको छ ।
फुङ्लिङ नगरपालिका वडा नं ५ मा हिजो घर जलेर पीडित भएका दिलबहादुर खवास र डिककुमार खवासको परिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।
जिल्लामा क्रियाशिल सोसियल युथ गाईज नामक एक समुहले चामल, खाना पकाउने भाँडाकुँडा तथा ओढ्नका लागि आवश्यक सिरक सहयोग गरेको हो ।
आगलागीबाट पीडित परिवारलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले समुहमा रहेका सदस्यहरुले व्यक्तिगत खर्च कटाएर सहयोग गरेको समूहका संयोजक केशव आर्चायले जानकारी दिनुभयो ।
ताप्लेजुङको फुङ्लिङमा हिजो दिउँसो आगलागी हुँदा दुई घर जलेर नष्ट भएकोे थियो । आगलागीबाट करिव २६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगलागीबाट विस्थापित दुई परिवार आफन्तकोमा बसिरहेका छन् ।
तपाईंको बिचार