डोटी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

प्रकाशित मिति: 2017-11-05
कर्ण चन्द, त्रिवेणी एफएम, डोटी

डोटीको के.आई.सिंह गाउँपालिका ३ बासुदेवीको देउरडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

गम्भीर घाईते आदर्श गाउँपालिका –१ बाँझकाकनीका शारदा खडकाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना घाइते भएका थिए ।

डोटीको के.आई सिंह गाउँपालिका १ तिखातरबाट दिपायल तर्फ आईरहेको शैलेश्वरी यातायातको से १ ज २६५ नं.को बोलेरो जिप सडकबाट करिव ३ सय मिटरभन्दा तल खसेको थियो । 

तपाईंको बिचार