त्रिशुली नदीमा बस खस्दा ११ जनाको मृत्यु

अझै केही वेपत्ता

प्रकाशित मिति: 2017-10-28
फोटोः हरिहरसिंह राठौर
फोटोः हरिहरसिंह राठौर

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा त्रिशुली नदीमा बस खस्दा ११ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ४ ख १४६७ नम्बरको बस आज बिहान ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । धादिङ प्रहरीका अनुसार अहिले सम्म ११ जनाको शब निकालिएको छ । 

मृतकको पहिचान हुन सकेको छैन । पुरै पानीमा डुबेकाले  गाडीमा अरु कति यात्रु थिए भन्ने एकिन अझै हुन सकेको छैन । १५ जनाको भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरुबाट पनि गाडीमा कति यात्रु सवार थिएन एकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।  

दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको उद्धार टोली परिचालित छन् । नदि गहिरो भएको र बस खोचमा झरेका कारण उद्धार कार्य प्रभावित बनेको छ ।  घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईंको बिचार