तिहारको अन्तिम दिन आज भाईटीका

उत्तम साईत ११ बजेर ५१ मिनेटमा

प्रकाशित मिति: 2017-10-21
काठमाडौं ।
पानी संकलनका लागि बनाइएको ट्याङ्की
पानी संकलनका लागि बनाइएको ट्याङ्की

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाईटीका लगाइंदैछ ।

भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । 

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

बिहान ११ बजेर ५१ मिनेटको समय भाईटीकाको उत्तम साईत रहेको छ । तर भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नहुने गौतमले सीआईएनलाई बताउनुभयो ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता अनुसार तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख छ । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।  

तपाईंको बिचार