आज विश्व सेतो छडी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अक्टोबर १५ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
संसारभर दृष्टिविहिनहरुलाई आवतजावत गर्न सहारा दिने एक मात्र उपकरणका रुपमा सेतो छडीलाई महत्वका साथ हेर्ने गरिन्छ । सेतो छडीको माध्यमबाट दृष्टिविहिनहरु स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिंडडुल गर्न सक्छन् ।
अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि (सिआरपीडी) को धारा २० ले यस सम्बन्धि व्यवस्था पनि गरेको छ । यसमा नेपाल पनि पक्ष राष्ट्र हो भने नेपालको राष्ट्रिय कानुनहरुमा पनि दृष्टिविहिनहरुको यात्रा सहज बनाउने खालका प्रावधानहरु छन् ।
अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई हवाइ यात्रमा लाग्ने भाडा दरमा पचास प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ । तर कानुनको कार्यान्वयन पक्ष भने फितलो भएको दृष्टिबिहीनहरु बताउँछन् ।
सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार हो भन्ने नाराका साथ जिल्ला जिल्लामा विभिन्न कार्यक्रम हुने भएको छ तर नेत्रहिन संघको अधिवेशन भएकाले राष्ट्रिय रुपमा भने दिवस सम्बन्धि छुट्टै कार्यक्रम नरहेको संघका केन्द्रीय अध्यक्ष नरबहादुर लिम्बुले सीआईएनलाई जानकारी दिनुभयो ।
संघको अधिवेशन हेटौंडामा भइरहेको उहाँले बताउनुभयो ।
तपाईंको बिचार