देशभरका सामुदायिक रेडियोबाट आज ३०० बालिकाले एकै साथ कार्यक्रम संचालन गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गर्न लागिएको टेक ओभर कार्यक्रममार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस गर्नेछन् ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदैछ ।
तीनसय किशोरी आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिने यो नयाँ र पहिलो कार्यक्रम पनि हो ।
यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चुलाउनेछन् ।
कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहनेछ । सीआईएनमा पनि बिहान साढे ६ बजे साझाखबर पछि प्रसारण हुने जीवनरक्षा बालसुरक्षामा विशेष बहस हुँदैछ ।
तपाईंको बिचार