सर्लाहीमा लखनदेई खोलाले ६ जनालाई बगायो

एकको शव भेटियो, पाँच जना बेपत्ता

प्रकाशित मिति: 2017-10-03
विश्वनाथ ठाकुर, रेडियो मधेश सर्लाही मलंगवा

हिजो साँझ लखनदेई नदीमा अचानक ठूलो बाढी आउँदा ६ जनालाई बगाएको छ । एक जना महिलाको शव फेला परेको छ भने ५ जना अझै बेपत्ता नै रहेका छन् ।

६ जना मध्ये ४ जना बालबालिका छन् । पहाडी क्षेत्रमा हिजो वर्षा भएपछि साँझ लखनदेई नदीमा ठूलो बाढी आउँदा ६ जनालाई बगाएको हो ।

लालबन्दी–२ का ५५ वर्षिय भिमा माया काफ्ले भैंसी चराउन गएको बेला खोलाले बगाएको छ । त्यस्तै बारा जिल्ला गढीमाई निवासी १७ वर्षिय राधिका ढुंगाना, ७ वर्षिय किसमत ढुगाना, ५ वर्षिय कृतिका ढुगना र एक वर्षिय कृति ढुंगाना रहेको प्रहरीले जनाएको छ ।

उनीहरु बारा जिल्लाबाट टिका लगाउन सर्लाही आएको बेला खोला पार गर्दैगर्दा बगाएको हो । त्यस्तै पिराडीका पनि एक पुरुष व्यक्तिलाई खोलाले बगाएको जनाइएको छ ।

एक जना महिलाको शव हेमपुर नजिक लखनदेईन नदीमा फेला परेको स्थानिय विरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

तपाईंको बिचार