चुनावका लागि दलहरुको तयारी, उम्मेदवार छनौट तिब्र

सबै दल तालमेलको रणनीतिमा

प्रकाशित मिति: 2017-10-02

प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि दलहरुले रणनीति बनाउन सुरु गरेका छन् । स्थानीय तहको निर्वाचन सकिएसँगै दलहरु अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् । 
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरुले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्नेछ । 
स्थानीय तहको निर्वाचन सकिए लगत्तै दलहरुले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिएका छन् । 
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् । 
दलका स्थानीय कमिटीले पनि सके सहमति नभए आकांक्षीहरुको सुची केन्द्रमा पठाईरहेका छन् । 
दलहरुले अबको केही दिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन् । 
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले २२ गतेसम्म उम्मेदवार छनौट सक्ने जानकारी दिनुभयो । 
एमालेले यसअघि नै तय गरेको मापदण्ड अनुसार उम्मेदवार छनौट गरिरहेको पार्टी प्रचार विभाग प्रमुख यागेश भट्टराईले जानकारी दिनुभयो । 
माओवादी केन्द्रले भने केही ठाउँमा उम्मेद्वार छान्ने काम सकेर प्रचार प्रसार नै सुरु गरेको छ । राजपालगायतका मधेस केन्द्रित दलले भने छलफल सुरु गरेका छैनन् । 
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ । 

माले निर्णयमा माओवादी सकारात्मक, आज पदाधिकारी बैठक बस्दै ।।
आउँदो चुनाबको लागि वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णयको माओवादी केन्द्रले स्वागत गरेको छ । 
आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । 
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबै दलसँग सबै ठाउँमा तालमेल हुने र एमालेसँग बलियो तालमेल गर्न तयार रहेको बताएका छन् । एमालेको निर्णयपछि धारणा बनाउन बिहान माओवादी केन्द्रको पखदाधिकारी बैठक बस्दैछ । 
माओवादी पनि परिवर्तनकारी शक्तिको पक्षमा भएकाले  एमालेसंग तालमेल गरेर जान तयार रहेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभधयो ।  
एमालेले चुनावी तालमेल कसरी गर्ने भनेर अन्तिम निर्णय गर्ने जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ । 
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु तयारीमा लागेका छन् । 
नेपाली कांग्रेसले भने आगामी चुनावमा काँग्रेस र माओवादी केन्द्रको सत्ता गठवन्धन कायम रहने दावी गरेको छ । 

राष्ट्रिय जनतापार्टीले संघिय समाजवादीसँग तालमेल गर्ने 
राष्ट्रिय जनता पाटी नेपालले पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग तालमेल गर्ने निर्णय गरेको छ ।

राजपाले आउँदो निर्वाचनमा संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामको समिक्षा गर्दै राजपा नेपालले प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनमा दोस्रो स्थान हासिल गरेको संघीय समाजवादी फोरमलाई पहिलो प्राथमिकतामा राख्दै अन्य दलसंग तालमेल गरेर अघि बढ्ने निष्कर्षमा पुगेको छ ।

राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले दुइटै पक्षको बैठक बसेर तालमेलको रणनीति घोषणा गर्ने सीआईएनलाई जानकारी दिनुभयो । 

तपाईंको बिचार