दशैंको टिका आज पनि लगाईंदै

प्रकाशित मिति: 2017-10-02

बडादशैं अन्तर्गत आज बाहैं दिन अर्थात टिकाको तेस्रो दिन । केही जिल्लामा बाहेक आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ ।

विभिन्न कारणले टीकाको दिन टिका लगाउन नपाएकाहरुले आज मान्यजनको हातबाट टिका थाप्ने गर्दछन् ।

टिकाको दिन नलगाएका अथवा सबै आफन्तकोमा जान नपाएकाहरुले दशैंकोे टिका कोजाग्रत पूर्णिमाकै दिनसम्म लगाउने चलन रहेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ र आशिर्वाद लिने गरिएको छ । 

 

तपाईंको बिचार