दशैंमा पनि राजनीतिक दलहरुलाई चुनावी चटारो

तालमेलको पनि तयारी

प्रकाशित मिति: 2017-09-29

असोज अन्तिममै उम्मेदवारको नामावली बुझाउनुपर्ने भएपछि दलहरु दसैंमा पनि राजनीति छलफलमा व्यस्त रहेका छन् ।

अहिले दलहरूलाई उम्मेदवार छान्ने चटारो छ । सबै प्रमुख दलले दसैं अवधिमा पनि पार्टी काम जारी राखेर उम्मेदवारहरूको नामावली टुंग्याउने तयारी गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत मुख्य दलले तल्लो तहलाई उम्मेदवार छनोटको मापदण्ड बनाएर दिएका छन् ।

ती पार्टीका तल्ला कमिटीहरूले दसंै पर्वकै बीच उम्मेदवार टुंग्याउन नाम सिफारिस गरिरहेका गरिरहेका छन् । 

दलहरुले चुनाव जित्नका लागि तालमेलको तयारी पनि गरिरहेका छन् । नेकपा एमालेले भने पहिलो चरणका वामपन्थी दलहरुसँग तालमेलको रणनीति तय गरेको छ ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग समेत तालमेल हुने गरेर पनि छलफल भइरहेको जानकारी दिनुभयो । एमालेले असोज २३ गतेभित्र केन्द्रमा उम्मेदवारको नाम पठाउन मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसले कमजोर ठाउँमा तालमेल गर्ने र बलियोको भएको ठाउँमा एक्लै तयारी गरेको छ । सीआइर्एनसँग कुराकानी गर्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ता व्यवस्थापनका लागि पनि तालमेल अप्ठ्यारो परेको छ । 

माओवादी केन्द्रले पनि नेपाली कांग्रेससँगको तालमेलको विकल्पमा छलफल सुरु गरेको छ । चुनावमा एमालेसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ ।

प्रदेश र प्रतिनीधि सभाको चुनाव मंसिर १० र २१ गते तोकिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट छन् । प्रदेशसभामा पनि ६० प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकतर्फबाट सदस्य निर्वाचित हुनेछ । 

 

तपाईंको बिचार