नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल विजयी भएको छ । नेपाल पे्रस युनियन र पे्रस सेन्टर नेपालको संयुक्त प्यानलबाट अध्यक्ष बन्नु भएका आचार्यले ७३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी पे्रस चौतारीका तर्फबाट उम्मेदवार बन्नु भएका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै अन्य पदाधिकारीमा पनि युनियन र सेन्टरकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा खुलातर्फ विपुल पोखरेल, समावेशीतर्फ दिलिप थापामगर, महासचिवमा रमेश विष्ट विजयी हुनुभएको छ ।
सचिवमा खुलातर्फ रामप्रसाद दाहाल, महिलामा लक्ष्मी पुन, दलित रेमबहादुर विश्वकर्मा, मधेसी शीतलप्रसाद महतो, आदिवासी जनजातितर्फ उदय जिएम विजयी हुनुभयो भने एसोसियटतर्फ प्रकाश थापा विजयी हुनुभयो ।
यस्तै कोषाध्यक्षमा राजेश मिश्र विजयी हुनुभएको छ ।
लेखा समिति संयोजकमा रोशन पुरी तथा सदस्यहरुमा भुपेन्द्र आचार्य र मीरा राजभण्डारी विजयी हुनुभएको छ ।
खुला केन्द्रीय सदस्यतर्फ लक्ष्मण कार्की, नकुल अर्याल, हरिहरसिंह राठौर, जन्मदेव जैसी र टेकराज शाही विजयी हुनुभएको छ ।
महिला केन्द्रीय सदस्यमा सिर्जना अर्याल, स्वेता सिन्हा र जानुका बराल निर्वाचित भएका छन् । यस्तै दलित केन्द्रीय सदस्यतर्फ मधु शाही, आदिवासी जनजातितर्फ टेकराज थामी, अल्पसंख्यकतर्फ छेटु शेर्पा रअपांगतातर्फ माधव चौलागाईं विजयी हुनुभएको छ ।
प्रदेशतर्फ पनि युनियन र सेन्टरकै प्यानलको बहुमत छ । कुन प्रदेशमा को विजयी ?प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को बराबरी ४५/४५ मत आएको छ ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)
आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि हिजो भएको मतदानमा कुल एकहजार पाँचसय ८ मत रहेकोमा चौध सय ४९ मत खसेको थियो ।
Severity: Warning
Message: finfo::file(news/1_Final_.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/1_Final_.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
Severity: Warning
Message: finfo::file(news/29.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/29.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार