संशोधित श्रम विधेयक,के छ नयाँ ?

हाकिमले कामदारलाई हेप्न नपाईने

प्रकाशित मिति: 2017-08-16
सोबिता रिसाल ।

श्रम ऐन, २०४८ एकीकरण र संशोधन सहित पारित भएसंगै अब श्रम तथा रोजगारको क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । अब, कुनै पनि व्यक्तिलाई काममा राख्दा वा लगाउँदा नियुक्ति पत्र बिनै राख्न पाईने छैन ।

दैकिन ३ सय भन्दा कम ज्याला पर्ने गरि कुनै पनि कामदारलाई काममा राख्न नपाईने, कामदारले बिरामी विदा, भैपरी आउने विदा, सहितका सेवा सुबिधा अनिवार्य रुपमा लिन पाउने व्यवस्था विधेययकमा छ । अन्तराष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सदस्य चुडामणि वि .क विधेययकले श्रमिकको पक्षमा धेरै विषय समेटेको बताउनुहुन्छ । 

सरकारले तोकेको पारिश्रमिक भन्दा कममा काम गरे गराएको पाईएमा कारवाही हुने व्यवस्था बिधेययकले गरेको छ । कार्यलयहरु आफैले बिभिन्न तालिमको आयोजना गर्ने तथा तालिम लिन सक्ने विषयलाई खुल्ला गरेको छ । यस्तै, सुत्केरी विदापछि जागिरको ग्यारेन्टी तथा कामदारले आवश्यकता अनुसार परीक्षा विदा  लिन पाउने व्यवस्था छ । 

संयचकोष, उपदान तथा बिमाको बिषय पनि बिधेययकले खुल्ला गरेको छ । कार्यलयमा काम गर्दा अब, हाकिमले कामदारलाई हेप्ने, थर्काउने गर्न पाईने छैन । यो व्यवस्था अहिले सम्मकै उत्कृष्ट भएको श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरको तर्क छ । 

श्रमिकको हकहित तथा सुरक्षा अनि सुविधाको मात्रै नभै रोजगार दाताको बिषयमा पनि यो ऐनले धेरै विषय समेटेको छ । अहिलेको ऐनमा श्रमिकलाई परेको अफ्टेरोका बारेमा उजुरी भएको खण्डमा कारवाही गरिने प्रक्रिया पनि थपिएको बताउनुहुन्छ, समिति सदस्य पेम्बा लामा । 

ट्रेड युनियन, रोजगारदाता र सरकारका प्रतिनिधि बसेर यो ऐन बनाईएको हँुदा कार्यान्वयनमा चुनौति नरहेको सरकारले जनाएको छ । 

 

तपाईंको बिचार