डोटीमा जिप दुर्घटना ९ जनाको मृत्यु, ४ जना घाइते

मृतक सबै बोगटान गाउँपालिका १ निवासी

प्रकाशित मिति: 2017-08-05
कर्ण चन्द, त्रिबेणी एफएम, डोटी

बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थमा मृत्यु भएको छ । घटनामा ४ जना गम्भीर घाईते भएका छन् । 

साबिकको गगुडा गाबिसको वडा –८  कटैगाउँको धार नजिकै भएको दुर्घटनामा ४ जना घाइते भएका छन् । 

मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका बिष्णुबहादुर मगर, भिम घर्तिमगर, बुढो घर्ति मगर, गोरख थापा, शसिराम बहादुर पुनमगर, ललीता देबी पुन, टेकबहादुर पुनमगर, चन्द्रबहादुर घर्तिमगर रहेका छन् भने शिखर नगरपालिका १–कपल्लेकीका चालक कृष्णबहादुर नेघीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिबबहादु सिंहले जानकारी दिनुभयो ।  

दुर्घटननामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन् । गएराती राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट १ किलोमिटर तल भिरमा खसेको छ । 
घाईते ४ जनाको उपचारका लागी जिल्ला सदरमुकाम ल्याईंदै गरेको पनि प्रहरीले जानकारी दिएको छ । 

 

तपाईंको बिचार