सामुदायिक रेडियोहरुले नयाँ ढंगले काम गर्न सक्ने वातावरण बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता

प्रकाशित मिति: 2017-08-01
काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले सामु्दायिक रेडियोहरुले नयाँ ढंगले काम गर्न सक्ने गरि सहज वातावरण तयार गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सोमबार मन्त्रालयमा सामु्दायिक रेडियो प्रसारक संघका पदाधिकारीहरुसँगको भेटघाटमा मन्त्री बस्नेतले रेडियोले प्रभावकारी काम गर्नसक्ने वातावरण आफूले बनाइ दिने बताउनुभयो ।

भेटमा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवकोटासहित सचिवालय पदाधिकारीको उपस्थिती रहेको थियो ।

भेटमा अध्यक्ष खतिवडाले मन्त्रालयले सामुदायिक रेडियोको महत्व र रेडियोको शक्तिलाई बुझ्न नसकेको भन्दै आगामी दिनमा सञ्चार मन्त्रीले त्यसका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

तपाईंको बिचार