धामी, झाँक्री नै ‘बोक्सी प्रथा’ विरुद्धको अभियानमा

कसैलाई ‘बोक्सी’ लगाए संस्था आफैंले प्रहरीलाई बुझाउने (अडियो अन्तरवार्तासहित)

प्रकाशित मिति: 2017-07-25

नेपाल दैविक धार्मिक ज्योतिष सेवा संस्था समाजमा रहेका माता, धामी, झाँक्री, लामाहरुको संस्था हो । पोखरामा स्थापना गरिएको आफ्नो पेशाका कारण कसैलाई दोष नलगाउने भनेर काम गरिरहेको छ । 

संस्थामा आवद्ध भएका कसैले कसैलाई दोषी किटान गरे संस्था आफैंले पनि आन्तरिक कारबाही गर्ने र प्रहरी प्रशासनमा जिम्मा लगाउनेसम्मको काम गर्ने संस्थाका उपाध्यक्ष प्रज्ववल भित्रिकोटीले सीआईएनलाई जानकारी दिनुभयो ।

शास्त्रमा महिलालाई देवी मानिएको छ तर विभिन्न कारणले विपन्न, एकल, असहाय महिलालाई बोक्सी आरोप लगाउने चलन हटिसकेको छैन । कतिपय अवस्थामा पुरुषलाई पनि ‘बोक्सा’ आरोप लगाइने गरिएको छ ।

यस्तोमा विशेष गरी गाउँसमाजमा रहेका धामी, झाँक्री, माताहरुले नै बोक्सा अथवा बोक्सी भनेर खुट्याउने चलन रहेकाले यसविरुद्ध आफैंहरु लागेको भित्रीकोटीको भनाइ छ ।

‘मान्छे कहिल्यै बोक्सी हुँदैन’ भन्ने अभियान अहिले कास्कीको पोखराबाट शुरु गरेको र यसलाई विस्तार गरेर काठमाडौंदेखि देशभर पुर्याउने योजना संस्थाको रहेको छ ।

कास्की, तनहुँ, स्याङजा, चितवनलगायत जिल्लाका गरी अहिले संस्थामा दुईसय ५० जति माता, धामी, झाँक्री, लामाहरु ऋावद्ध रहेको र त्यस मध्ये ८०÷९० जना ‘माता’ महिलाहरु रहेको संस्थाले जनाएको छ । 

संस्थाको अभियानका बारेमा लक्ष्मी बस्नेतले सीआईएनको साप्ताहिक कार्यक्रम कुरीति विरुद्धको रेडियो अभियानका लागि नेपाल दैविक धार्मिक ज्योतिष सेवा संस्थाका उपाध्यक्ष प्रज्वल भित्रीकोटीसँग कुराकानी गर्नुभएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Prajwal_Bhitrikoti.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Prajwal_Bhitrikoti.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार