प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक

भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता दर्ता

प्रकाशित मिति: 2017-07-20

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।  असोज २ गते चुनाव हुने तय भएका प्रदेश २ का ८ जिल्लाका १२७ स्थानीय तहमा निर्वाचन हुनेछ ।

आयोगको हिजो बसेको बैठकले गरेको निर्णय अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । 

असोज २ गते बिहान ७ बजेदेखि अपरान्ह ५  बजेसम्म सञ्चालन गर्नेछ । निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि आयोगले मुख्य/निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी पनि भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

तपाईंको बिचार