उपकरण नविकरणका लागि लिने शुल्कमा सरकारले सामुदायिक रेडियोहरुलाई सहुलियत दिएको छ ।
सूचना तथा संचार मन्त्रालयको असार १९ गतेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालयमा उपकरण नविकरण शुल्क वापत एक सय वाट क्षमताको रेडियोले एक हजार र पाँच सय वाट क्षमताको रेडियोले २५ सय बुझाउनु पर्ने गरि शुल्क घटाइएको छ ।
यसअघि एक सय वाट क्षमताको रेडियोले दूई हजार र पाँच सय वाट क्षमताको रेडियोले ३५ सय शुल्क बुझाउनु पर्ने व्यवस्था थियो । सरकारले सामुदायिक रेडियोहरुको उपकरण नविकरण शुल्क घटाएको सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
सामुदायिक रेडियोलाई दिइएको सहुलियत बारे सरकारले असार २८ गते राजपत्रमा प्रकाशित गरेको छ ।
Severity: Warning
Message: finfo::file(news/image-0-02-03-ab8eb9793684f67c10aaf2971da9ba0bf1448fe6f8cd4e6118c20db2f03a9baf-V.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/image-0-02-03-ab8eb9793684f67c10aaf2971da9ba0bf1448fe6f8cd4e6118c20db2f03a9baf-V.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार