मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात्को सम्भावना

प्रकाशित मिति: 2017-07-10

काठमान्डु । आज मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात् हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ती कँडेलले सीआईएनसँग कुरा गर्दै साँझ पख पश्चिमी क्षेत्रमा पूर्वि क्षेत्रमा समेत भारी वर्षात् हुन सक्ने बताउनुभयो । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । वर्षात्का कारण बाढी पहिरोको उच्च जोखिम रहेको बताउँदै कँडेलले सतर्क रहन आग्रह गर्नुभएको छ । साथै उहाँले नदी तटिय क्षेत्रका नागरिकले अझ बढि सतर्क हुनु पर्ने समेत बताउनुभयो । अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ ।


तटिय क्षेत्र र पहाडी क्षेत्रका बासिन्दा सजग रहनुपर्ने

अहिले मनसुनको समय भएकाले वर्षात् भईरहेका पहाडी क्षेत्रमा पहिरो उच्च सम्भावना छ । ठुलो वर्षा नभएपनि केहि दिन देखि लगातार वर्षात् भईरहे पहिरोको जोखिम हुन सक्ने विशेषज्ञहरुले बताएका छन् । मौसमविद्हरुले समेत पहाडी क्षेत्रमा निरन्तर पानी पर्ने सम्भावना रहेको बताएका छन् । त्यस्तै माथिल्लो तटिय क्षेत्रमा वर्षत् भईरहे नदीको तल्लो तटिय क्षेत्रमा बाढीको उच्च जोखिम हुनसक्ने भएकाले सतर्क रहन विज्ञहरुको सुझाव छ । तराईमा डुबानको जोखिम भएकाले वर्षात्को मौसम भरी सजग रहनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

 

तपाईंको बिचार