धनगढी उपमहानगरपालिकामा कांग्रेस विजयी

प्रकाशित मिति: 2017-07-08
लोकेश धामी, रेडियो पश्चिम टुडे, धनगढी

सात नम्बर प्रदेशको एक मात्रै कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएको छ ।

आज विहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी हुनुभयो  । उहाँले १४३२४ मत ल्याउनुभयो भने, उहाँका प्रतिस्प्रर्धी हमालले ११५२७ मत पाउनुभयो ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी हुनुभयो । उहाँले निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल हुनुभयो । भट्टले १७४०८ मत पाउँदा उहाँकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रामसमझ रानाले १०२०९ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित रहनुभयो । भने, नेकपा एमालेका दुर्गा जोशीले ९९४६ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य हुनुभयो । यस्तै नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार रुक्मणी देवकोटाले १२७६३ मत ल्याउनुभयो भने, माओवादी केन्द्रकी उपप्रमुख शान्ती अधिकारी क्षेत्रीले १०२५२ मत पाउनुभयो । यस्तै बदर मत पनि धेरै देखिएको छ ।

प्रमुखमा २९०९ र उपप्रमुखमा ७३९१ म तबदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्ष मात्रसहित १२, माओवादी केन्द्रले ५ र एमालेले २ वडामा जित हात पारेका छन् । धनगढीमा ५४,३७२ मत खसेको थियो ।

तपाईंको बिचार