कुष्ठ रोगले थलिएर १८ वर्षदेखि ओडारमा

गोला भन्छिन्, : उपचार गरिदिने मान्छे भए ओडार छोड्छु

प्रकाशित मिति: 2017-07-07
नबराज महतरा,रेडियो कर्णाली आवाज, हुम्ला

१८ वर्ष देखि ओडारको बास कल्पनाभन्दा बाहिरको कुरा हो । तर हुम्लामा खोल्सीका एकजना बृद्धाको अवस्था यस्तै छ । कुष्ठ रोगले थलिएर ओडारको बासमा पुग्नुभएका ८४ वर्षिया गोला शाही कष्टकर दैनिकी बिताइरहनुभएको छ ।

“यई (यही) अँध्यारो ओढार भित्त यई चाउचाउको खोलमै रात काट्टो छु । छकाल (बिहान) घाम लाग्यापुणा (घाम लागे पछि) हणपुणो (शरिरमा) तातो लागला (लाग्ला) की निद लाग्दोछ । दिउँस बेल (सुर्य) सर्गका (आकासको) माज्जै थी (बिचमा अर्थात अन्दाजी १२ बजे) आयापुणा (आएपछि) उठी एक मुठो चामल भिजाईकन मुख जुठ्याउँदो (खान्छु) छु ।” सुन्दा अपत्यारिलो लाग्छ अनि बिरक्त पनि । तर वास्तविकता यही हो । सिमकोट गाउँपालिका वडा नम्बर ८ खोल्सी माइती घर भएकी ८४ वर्षिया गोला शाहीको बास १८ वर्ष यता ओडारमा छ ।

कुष्ठरोग लागेको थाहा पाएपछि आफन्तले घरबाट निकालिदिए । गाउँबाट आधाघण्टा टाढाको ओडारमा पुग्नुभएकी शाहीको कष्टका दिन कुष्ठ रोगसँगै शुरु भयो । हातका औंला झरिसके । खुट्टाको अवस्था पनि उस्तै छन् । उपचार पाउनु त परैको कुरा पेट भर्न पनि शाहीलाई निक्कै गाह्रो छ । 

आँखाभरी आँसु । चाउरी परेको अनुहार । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गाँस नत बास नै ! वर्षाको झरी र हिउँदको माइनस २० माथीको चिसो जस्तो सुकै मौसममा पनि अँध्यारो ओढार भित्र बृद्धा गोलाको दिनचर्या चलिरहेको छ । 

आफन्तको नाममा चार दाजुभाई, एक बहिनी र एकजना छोरी छन् । तर सबै सुखका आफन्त मात्रै रहेछन् । दुखको बेलामा कसैको साथ नपाउँदा शाहीको मन अमिलो बन्छ । त्यसैले आजभोली उहाँलाई आफ्नाहरुको याद आउन छोडेको छ ।

ओडारको बास । सर्प, बिच्छी लगायत किराहरुबाट जोगिनै मुस्किल छ । शाहीलाई कसैले उपचार गरिदिए हुन्थ्यो भन्ने लागिरहेको छ । सहयोग गर्ने मान्छे भए ओडारको बास छोड्न मन भएको बताउँदा शाही भक्कानिनु भयो ।

नेपालमा कुष्ठ रोग उन्मुलन घोषणा भएको ८ वर्ष बितिसक्यो । सुगम जिल्लाहरुमा कुष्ठ रोगका बिरामी फेला परेर औषधोपचार प्रक्रियामा पुग्न सफल भएपनि हुम्ला खोल्सीका गोला शाही औषधी उपचारको अभावमा १८ वर्षदेखि कुष्ठरोग लागेकै कारण ओडारमा बस्नु परेको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Gola_Shahi_final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Gola_Shahi_final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार