१ सय ५० भन्दाबढि बस्ती सार्ने सरकारको तयारी

वर्षाअघि नै बस्ती व्यवस्थित गरिने

प्रकाशित मिति: 2017-07-05
काठमाडौं ।

सरकारले भूकम्प प्रभावित क्षेत्रमा झन्डै डेढसय बस्ती तत्काल सार्ने भएको छ । बाढी पहिरोको उच्च जोखिममा परेको बस्तीलाई तत्काल सार्न लागिएको सरकारले जनाएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले जोखिममा रहेका बस्तीको बारेमा अध्ययन गरेर विषयगत मन्त्रालयलाई सुझाव दिइएको सीआईएनसँग बताउनुभयो । 

गृहमन्त्रालयले ४ सय ७५ बस्ती जोखिममा रहेको निष्कर्ष निकालेर त्यसबारेमा थप अध्ययन गर्न पुनर्निर्माण प्राधिकरणलाई भनेको थियो । प्राधिकरणले अध्यनपछि करिब डेढसय बस्ती तत्काल सार्न सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।

यो बर्षाअघि नै ती बस्तीलाई व्यवस्थित गरिने उहाँको भनाइ छ । 

 

तपाईंको बिचार