दोस्रो चरणमा ७३.६९ प्रतिशत मतदान –निर्वाचन आयोग

तीन मध्ये प्रदेश ५ मा बढी मत खस्यो

प्रकाशित मिति: 2017-06-29

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको असार १४ गते बुधबार सम्पन्न निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ । 

यसैगरी, ३ सय ३४ स्थानीय तह मध्ये अहिले बिहान करिब साढे ९ बजेसम्म १ सय ६८ स्थानीय तहमा मतगणना शुरु भएको छ । 

प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेका निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

 

तपाईंको बिचार