काठमाण्डु उपत्यकाको व्यवस्थ ठाउँ रत्नपार्कमा सडकपेटीमा ब्यापार गर्ने चमेली कार्की दिनमा पानी असाध्यै कम पिउनु हुन्छ । कारण हो, पानी पिउदा पिसाव लाग्छ, पिसाव गर्नलाई भनेको ठाउँमा भनेजस्तो शौचालय पाइन्न ।
त्यति हुदा हुदै पनि दिनमा कमाएको केही अंश शौच गर्नमा नै खर्च हुन्छ । हिड्दा हिड्दै दिशा पिसाव लाग्यो भने के गर्ने ? राजधानीमा नै शौचालयको सुविधान नहुँदा हरेक दिन यस्तै आपत आइलाग्छ । घरबाट बाहिर निस्कदाँ भनेको ठाउँमा सार्वजनिक शौचालय नहुदाँ आफूलाई निकै समस्या भएको ललितपुरकी सिता रेग्मी बताउँनुहुन्छ ।
भक्तपुर, ललितपुर र काठमाण्डुमा गरि उपत्यकामा ८६ शौचालय छन् । ३० लाख जनसंख्याको चापलाई ४ सय शौचालय चाहिने महानगरपालिकाको अध्यनले देखाइ सकेको छ । भएका शौचालय पनि व्यवस्थित नहुँदा सय मिटर टाढैसम्म दुर्गन्ध आउँछ । आसपास हुँदै हिंड्ने र पसल गरेर बसेकाले नाक थुन्नुपर्ने बाध्यता छ ।
सार्वजनिक शौचालयका बारेमा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको नमिठो अनुभव छ । झन महिनावारीको समयमा त सार्वजनिक शौचालय जानै समस्या हुने जोशी बताउँनुहुन्छ । काठमाडौं महानगरले राजधानीका सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनका लागि ठेक्कामा दिने गर्छ । ठेक्का पाउने कम्पनीले भने शौचालयको सफासुग्घरमा ध्यान दिँदैनन् । बनेको शौचालय अपाङ्गता भएका र महिला मैत्री छैनन ।
राष्ट्रिय अपाङ्ग महासघं नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदी सार्वजनिक सौचालय अपाङ्गमैत्री बन्नुपर्छ भन्नुहुन्छ । संविधानको धारा ३० मा नै स्वच्छ वातावरणमा बाँचन पाउने अधिकार उल्लेख गरिएपनि आमनागरिकले राजधानीमा र्नै त्यो हकको सदुपयोग गर्न पाएका छैनन् । सरकारले अब निर्देशिका नै बनाएर काम गरिरहेको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको दावी छ ।
यसअघि आव ०७२÷७३ को बजेटमै तत्कालीन अर्थमन्त्री रामशरण महतले राजधानीमा ४ सय सार्वजनिक शौचालय बनाउने घोषणा गर्नु भएको थियो । तर, वितेको एक बर्षमा एउटा पनि शौचालय थपिएका छैनन ।
तपाईंको बिचार