भूकम्प गएको २ बर्षमा ९६ हजार घर निर्माण

पुनः निर्माणले अब गति लिने

प्रकाशित मिति: 2017-06-22

काठमाण्डु । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चुनाबको गतिसंगै केही सुस्ताएको राष्ट्रिय पुनःनिर्माणको कामले अब गति लिने जनाएको छ । भूकम्प गएको २ बर्ष पुरा हुदा पनि पुनःनिर्माणको कामले गति लिन नसकेको आलोचना आईरहेका बेला प्राधिकरणले भने अब, घर निर्माणको कामतिब्र बन्ने बताएको हो । 

सीआइएनसंग कुरा गर्दै प्राधिकरणका साहायक प्रवक्ता भिष्मकुमार भुसालले चुनाबका गतिबिधिले सुस्त भएको कामले अब गति लिने जानकारी दिनुभएको हो । चुनाबका समयमा कर्मचारीहरु पनि चुनाबी जिम्मेवारीमा लाग्नुपर्यो, त्यसैले काम केही सुस्त भएको हो, अब कामले गति लिन्छ उहाँले भन्नुभयो । भूकम्प प्रभावित जिल्लामा पहिलो चरणमा नै चुनाब भएको थियो । 

प्राधिकरणका अनुसार अहिले ९६ हजार लाख  घरहरु निर्माणाधिन अवस्थामा छन् । भूकम्प पछिको पुन निर्माण असाध्यै सुस्त भएको भन्दै आलोचना भैरहेका बेला प्राधिकरणले भने अब निरन्तर काम गर्न पाँउने अवस्था आए समयमा नै काम सक्ने जनाएको छ । 

तपाईंको बिचार