सल्लाघारीस्थित यति कार्पेट फ्याक्ट्रीमा आगलागी

प्रकाशित मिति: 2017-06-18

भक्तपुरको सल्लाघारीस्थित यति कार्पेटमा गएराती आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ ।

रातीदेखि काठमाडौं, भक्तपुर र ललितपुरका झण्डै एकदर्जन दमकलका साथै प्रहरी, स्थानीय बासिन्दाको प्रयासबाट आगो भने बिहान नियन्त्रणमा आएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण भने लिने काम भइरहेकाले एक्कीन विवरण भन्न नसकिने भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले सीआईएनलाई जानकारी दिनुभयो ।

फ्याक्ट्रीमा २५ हजार लिटर डिजेल, ३० हजार टनभन्दा बढी फाइवर र लाखौं पर्ने मेसिनहरु जलेर नस्ट भएको संचालकहरुले बताए पनि एक्कीन क्षति भन्न अहिले नै नसकिने उनीहरुको भनाइ छ ।

फ्याक्ट्रीभित्र रासायिनक पदार्थका सामानहरु बढी भएकाले आगो नियन्त्रणमा आउन कठिन भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । ठूलो घटना भए पनि मानवीय क्षति भने केही भएको छैन । 

 

तपाईंको बिचार