एसइईको नतिजा सार्वजनिक

परीक्षाफल यसरी थाहा पाउन सकिन्छ

प्रकाशित मिति: 2017-06-16

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक  भएको छ । 

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।  

अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज अर्थात जिपिए ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । 

त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७,

२.८५ देखि ३.०२ सम्म ५० हजार ६४६,

२.४५ देखि २.८० सम्म ६१ हजार ९५५

२.५ देखि २.४० सम्म ९१ हजार ३१४,

१.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् । 

त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा प्राप्त गरेका छन् । 

गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट  चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए । विगतको तुलनामा नतिजामा सुधार आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी छन् । 

परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा विभिन्न वेभसाइट र नम्बरमा म्यासेज पठाएर पनि हेर्न सकिने व्यवस्था गरेको छ  ।  

नतिजाका लागि एसएमएस गर्ने नम्बर

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर 
एनसेल तथा नेपाल टेलिकमको सटकोड १६०० 
आकाश टेक प्रा. ली. को सटकोड ३१००३, 
फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, 
वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, 
जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, 
इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने ।  

वेभसाइट  

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, 
शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, 
परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, 
राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, 
आकाश टेक प्रा. ली. www.inheadline.com, 
नेपाल टेलीकम www.see.ntc.np, 
पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, 
एनसेल प्रा. ली. www.ncell.axiata.com, 
वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, 
कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, 
क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, 
डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com,  
याक पव्लीकेशन www.khullapati.com,  
लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com 
सीआईएनको वेभसाइट www.cinnetwork.org मा पनि हेर्न सकिन्छ ।  

तपाईंको बिचार