एमाले सांसद सवार गाडिमा ढुङ्गा प्रहार

प्रकाशित मिति: 2017-06-13
सामुदायिक रेडियो दर्पण, बर्दिवास महोत्तरी

महोत्तरी क्षेत्र नम्बर ५ का एमाले सांसद दिपनारायण साह सवार गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।  

बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गा प्रहार गरेका हुन् । 

सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेका सांसद साह सवार गाडि बन्दको समयमा चलाएको भन्दै राजपा कार्यकर्ताले गाडिमा ढुङ्गा प्रहार गरेका छन् ।

ढुङ्गा प्रहारबाट गाडिको अगाडिको सिसा फुटेको र अन्य क्षति भने नभएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो । 

निर्वाचनको विरोधमा रहेको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको छ ।

आज तराईका विभिन्न जिल्लामा राजपाले सडक अवरुद्ध गरी आन्दोलन गरीरहेको छ । बन्दको प्रभाव महोत्तरी जिल्लामा पनि परेको छ ।

तपाईंको बिचार