कैलाली । दृढ संकल्प र जोशजागर छ भने बगरमा पनि सुन फलाउन सकिन्छ भन्ने भनाइलाई चरितार्थ गरेका छन्, कैलालीका अधिकांश किसानले । नेपाल र भारतको सीमानामा पर्ने मोहना नदिको बगरबाट धेरै किसानले राम्रो लाभ लिन सकेका छन् । सिजनमा खर्च कटाएर अधिकांशले ३ देखि ४ लाख दाम कमाउँछन् । किसान देवराज चौधरीको आम्दानी पनि उस्तै छ ।
अधिकांश किसानको बारीमा कांक्रा, लौका, खर्भुज, तर्भुज लगायतका तरकारी र फलफूल फलेका छन् ।
पहिले ज्यालामजदुरी गरेर साझँ विहान खान नपुग्ने अधिकांश किसानलाई बगरमा सक्रिय भएपछि त्यो समस्या टरेको छ भन्नुहुन्छ, ६ वर्ष देखि बगर खेतीमा सक्रिय गिन्दु राना ।
बगर खेतीबाट फाइदा हुन थाले पछि प्रत्येक वर्ष यो खेतीमा सक्रीय हुने किसानको संख्या थपिदै गएको छ । यहाँका किसान परिवार सहित बगर खेतीमा आवद्ध छन् । अर्का किसान देवल चौधरी खेर यसै खेर जाने बगरमा खेती गरेर कमाँउन पाँउनु आफ्नो लागि फाईदाको बिषय भएको बताउनुहुन्छ ।
अन्य तरकारी भन्दा यहाँ उत्पादित तर्भुजाले भने भारतबाट आयात हुने तर्भुजालाई उछिनेको भनाइ छ, किसान देवराज चौधरीको ।
यहाँका किसानले उत्पादन गरेको तरकारीले बजार पनि सजिलै पाइरहेको छ । अधिकांश व्यवसायी तरकारी खरिद गर्न बगरमै पुग्ने गर्छन् । उत्पादित तरकारी र फलफूल धनगढी, अत्तरिया लगायतका बजारमा पुग्छ ।
तपाईंको बिचार