काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमाले विजयी

प्रकाशित मिति: 2017-05-17

काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ । 
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी हुनुभयो । 

यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी हुनुभयो । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको थियो ।

तपाईंको बिचार