धादिङ सिद्धलेक गाउँपालिकामा एमाले विजयी

प्रकाशित मिति: 2017-05-17
रेडियो धादिङ, अर्जुन श्रेष्ठ, धादिङ

धादिङको सिद्धलेक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका पे्रमनाथ सिलवाल विजय हुनुभएको छ । सिलवालले ५ हजार ६ सय ०७  मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजय हुनुभएको हो ।

नेपाली कांग्रेसका बद्री अर्यालले ३ हजार ६ सय ८२ र नेकपा माओवादी केन्द्रका पुष्प थपलियाले २ हजार ७० मत प्राप्त गरेका छन् । 
त्यस्तैगरी, उपाध्यक्षमा नेकपा एमालेका कमला शर्माले ५ हजार ५ सय ४४ मत ल्याएर  विजय हुनुभएको छ ।

नेपाली कांग्रेसका लक्ष्मी सिलवालले ३ हजार ८ सय ६२ र नेकपा माओवादी केन्द्रका सम्झना पण्डितले १ हजार ८ सय १९ मत प्राप्त गरेका छन् । 

सिद्धलेक गाउँपालिकामा साविकको नलाङ, सलाङ र कुम्पुर गाविस समावेश गरिएको छ ।  २३ हजार ७ सय २९ जनसंख्या रहेको सिद्धलेक गाउँपालिकामा १५ हजार ६ सय ४४ मतदाता रहेको थियो ।

जसमध्ये २०७४ बैशाख ३१ गते भएको स्थानिय तह निर्वाचनमा ११ हजार ९ सय ९८ अर्थात झण्डै ७७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । 

 

तपाईंको बिचार