माओवादी केन्द्रले पनि खाता खोल्यो

सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादीको प्यानल विजयी

प्रकाशित मिति: 2017-05-15

रुकुमको सानी भेरी नगरपालिकाको एउटा वडाको नतिजा आएको छ । सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ ।

यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ  । नगरपालिका र अरु वडाको मतगणना भइरहेको छ । 

 

तपाईंको बिचार