मतगणना जारी, परिणाम आउन थाल्यो

प्रकाशित मिति: 2017-05-15

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतगणना भइरहेको छ ।  केही ठाउँमा रातीबाट मतगणना जारी रहेको छ भने अघिकांस ठाउँमा अहिले बिहानबाट सुरु भएको छ ।

केही मतदान केन्द्रमा सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ । मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच रहेको छ ।

पहिलो चरणको निर्वाचन भएका ४ वटा महानगरपालिका मध्ये ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । काठमाडौं, पोखरा र चितवनको भरतपुरमा अहिले बिहान सुरु हुँदैछ ।

ललितपुरको महानगरपालिकामा एमाले अगाडी देखिन्छ । ललितपुरको महांकाल नगरपालिकामा एमाले वडा नम्बर ६ मा एमालेले पाँचै पदमा जित हाँसिल गरेको छ ।

सल्लान, कालिकोट, रुकुम, मनाङ, नवलपरासीको कावासोती, नरवाकोट, सिन्धुली लगायतका धेरै जिल्लामा मतगणना भइरहेको छ । 
 

तपाईंको बिचार