नुवाकोटका ११५ वर्षिया लामिछानेबाट मतदान

प्रकाशित मिति: 2017-05-14
भगवती लामा, रेडियो जालपा, नुवाकोट

दुई दशकपछि भइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नुवाकोट ककनी गाँउपालिका वडा नम्बर ८ का १ सय १५ वर्षीया बाटुली लामिछानेले स्थानीयतहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

ककनीगाँउपालिका वडा नम्बर ८ मात्रागाँउमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान अधिकृत रामस्नेही मण्डलका अनुसार उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको हो ।

लामिछाने वि.स. १९५९ साल चैत्र १० गते जन्मनुभएको हो  ।

 

तपाईंको बिचार