चुनावको दिन ३१ गते सार्वजनिक बिदा

३४ जिल्लाका शिक्षण संस्था २५ गतेदेखि बन्द

प्रकाशित मिति: 2017-05-06

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि त्यो दिन आइतबार सार्वजनिक बिदा दिने भएको छ । 

शिक्षण संस्था भने बैशाख २५ गतेदेखि ३१ सम्म बिदा गर्ने पनि निर्णय गरेको छ ।

३१ गते चुनाव हुने प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने विज्ञप्तिमा उल्लेख छ । 

 

तपाईंको बिचार