निधिद्वारा गृहमन्त्री पदबाट दिएको राजिनामा फिर्ता

प्रकाशित मिति: 2017-05-04

विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । 
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि राजिनामा फिर्ता लिनुभएको हो । 

यसअघि प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका निधीले आफ्नो असहमति रहेको भन्दै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँले जिम्मेवारी आजैदेखि नियमित सम्हाल्ने भने पनि आज जनकपुर जाने पूर्व निर्धारित कार्यक्रम रहेकाले मन्त्रालय भने जान नभ्याउने निधिका पे्रस सल्लाहकार रामजी दाहालले सीआईएनलाई जानकारी दिनुभयो । 

मन्त्रालय नगए पनि उहाँले आजैदेखि जिम्मेवारी सम्हाल्ने बालुवाटार छलफलमा सहमति जनाइसक्नु भएको पनि दाहालले जानकारी दिनुभयो ।

अब प्रधानमन्त्रीपछिको वरियतामा निधि नै हुनुहुने भएको छ । उपप्रधान एवं स्थानीय विकास मन्त्री रहनुभएका राप्रपा अध्यक्ष कमल थापाले सरकार छोडेपछि वरियता विवाद पनि टुंगिएको सत्ता पक्षका नेताहरुले बताएका छन् ।

 

तपाईंको बिचार