मनोनयनकै दिन अध्यक्षमा निर्विरोध टासिटुन्डुप

प्रकाशित मिति: 2017-05-03
टेक शाही, रेडियो डोल्पा एफएम, डोल्पा

बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ताकै दिन टासिटुण्डुप गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कसैको पनि उम्मेदवारी नपरेपछि नेकपा एमालेका उम्मेदवार गुरुङ निर्विरोध हुनुभएको हो । 

उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ । सञ्चार सेवा नभए पछि माथिल्लो डोल्पाका ३ वटा गाउँपालिका र अन्य केही गाउँपालिकाको पनि आधिकारिक जानकारी आउन सकेको छैन । 

 

तपाईंको बिचार