प्रदेश नं ३, ४ र ६ मा उम्मेदवारी मनोनयन दर्ता सुरु

प्रमुख दलहरु पुग्दै

प्रकाशित मिति: 2017-05-02

स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गर्न शुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा सञ्चालन हुने यस निर्वाचनमा तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हँुदैछ । 

यसैगरी, महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडा अध्यक्षका लागि मनोनयन हुँदैछ । 

कुल २५९८ वडाका लागि चार सदस्यका दरल १०,३९२ वडा सदस्य पदका लागि मनोनयन हुनेछ । २५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुनेछ । 
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । 
निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ । राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई उत्साहपूर्वक लिनुभएको छ । 

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मनोनयन दर्ता राष्ट्रिय सभागृहमा भइरहेको छ । अहिलेसम्म केही स्वतन्त्र र साना दलहरुले उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् भने प्रमुख दलहरु पुग्दैछन् ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/elecation2.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/elecation2.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार