आचारसंहिता उल्लंघन गर्दै विद्यालयमा कार्यक्रम

पार्टीका केन्द्रीय सदस्य नै वक्ता

प्रकाशित मिति: 2017-04-18
सन्तोष सिँह कोट्टारी, नयाँ नेपाल एफएम दार्चुला

दार्चुलामा नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा समितिले आचारसंहिता उलंघन गर्दै विद्यालयमा कार्यक्रम आयोजना गरेको छ ।

हिजो वडा नम्बर ५ को वडा कार्यालयको उद्घाटन गर्न आयोजना गरिएको कार्यक्रम बगैरा बजार नजिक रहेको मालिकार्जुन मावि प्रांगणमा आयोजना गरेको हो ।

शान्ति क्षेत्रका रुपमारहेका विद्यालयको आँगनमा पार्टीको झण्डा टाँगेर कार्यक्रम गरेको भन्दै त्यस क्षेत्रका बुद्धिजिबीहरुले आलोचना पनि गरेका छन् । 

कार्यक्रममा कांगे्रस केन्द्रीय सदस्य दिलेन्द्र बडुले नै प्रमुख वक्ताका रुपमा बोल्नुभएको थियो । पार्टी केन्द्रीय सदस्यले नै आचारसंहिता विपरितको कार्यक्रममा सहभागी भएकोमा उहाँको पनि आलोचना भएको छ ।

कार्यक्रममा विद्यालयका कुर्सी, टेबुल र बेन्चलगायत फर्निचरहरु समेत प्रयोग गरिएको त्यहाँका स्थानीयले बताए ।

 

 

तपाईंको बिचार