अलैँचीको बेर्नामा ओखलढुंगा आत्मनिर्भर

साबिकका दर्जनभन्दा बढी गाविसमा व्यवसायिक खेती

प्रकाशित मिति: 2017-04-18
रामहरि श्रेष्ठ, आफ्नो एफएम ओखलढुंगा

ओखलढुंगा जिल्ला अलैँचीको बेर्नामा आत्मनिर्भर बनेको छ । जिल्लामा बेर्ना उत्पादनलाई निरन्तरता दिन सके बाहिरबाट झिकाउनु नपर्ने कृषि बिकास कार्यालयले जनाएको छ ।

बेर्ना उत्पादन र किसानको मागलाई तुलना गर्दा अलौँचीको बेर्ना उत्पादनमा जिल्ला आत्मनिर्भर बनेको हो ।

जनता कृषि सहकारी संस्था बिलन्दुुले यो बर्ष मात्रै रोप्न योग्य करिब २ लाख बेर्ना तयार पारेको सहकारीका अध्यक्ष अजय लुईंटेलले बताउनुभयो ।

एक रोपनी क्षेत्रफलमा ७ सयदेखी ८ सय बोटसम्म अलैंची बेर्ना रोप्न सकिन्छ ।

हाल सहरकारीले उत्पादन गरेका बेर्ना सबै रोप्ने हो भने ३ सय रोपनी क्षेत्रफलका लागी पर्याप्त रहको कृषि प्राबिधिकहरुले बताएका छन् ।

अलैँचीको बेर्नालाई आगामी दिनमा निरन्तरता दिने सहकारीको लक्ष्य रहेको अध्यक्ष लुईटेलले बताउनुभयो ।

जिल्लामै बेर्ना उत्पादन भएपछि पहिले जस्तो इलाम, पाँचथर, ताप्लेजुङ तथा दोलखाबाट ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।

सहकारीले प्रति बेर्ना १२ रुपैयाँमा उपलब्ध गराउने भएको छ । दुईसय जनाभन्दा बढी किसान आबद्ध भई सञ्चालन गरेको सहकारीमार्फत अलैँचीको खेती पनि सहकारीले गरिरहेको छ ।

जिल्लाको रावादोलु, भुसींगा, खिजिकाती, खिजिफलाटे, पोकली, चण्डेश्वरीलगाएत साबिकका १२ भन्दा गाविसमा अलैँचीको व्यवसायिक सुरु भएका छन् ।

 

तपाईंको बिचार