भूकम्पले घर मात्रै लडेन खाँदै गरेको पानीको मुहान पनि सुकाइदियो । भूकम्पको पीडामा थपिएको थियो खानेपानीको सास्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ४, साविकको कुविन्डेका स्थानीयलाई ।
मिलेर बसेको गाउँमा झगडाको बिऊ रोपिदियो, पानीको अभावले । तल्लो टोल र माथिल्लो टोलका सबै एउटै धारामा पानी लिन जानुपर्ने भएपछि घण्टौ लाइन बस्नुपर्ने हुन्थ्यो । लाइनमात्रै होइन, समयमा पानी भर्न नपाएपछि झगडा नै पर्न थाल्थ्यो । २०७२ साल वैशाख १२ को भूकम्पले पानीको मुहान सुकेपछि सिन्धुपाल्चोकको कुविन्डेका स्थानीयले निकै सास्ती पाए ।
घण्टौ लाइन बसेर टाढाको धाराबाट ल्याएको पानी खानमात्रै पुग्थ्यो । नुवाउन, कपडा धुन, भाँडा माझ्न, वस्तुभाउलाई खुवाउन साह्रै गाह्रो । यो सास्ती खेप्नुप¥यो, करिब एकवर्षसम्म । तर अहिले कुविन्डेका स्थानीयको दैनिकी फेरिएको छ । दैनिकी बदलियो पोखरेखोला सिम्मपानी खानेपानी आयोजना निर्माणपछि ।
उपभोक्ता समितिका अध्यक्ष टिकाप्रसाद शर्मा नयाँ आयोजना निर्माणपछि अहिले निकै सजिलो भएको बताउनुहुन्छ । शर्माले भन्नुभयो, “पहिले खानलाई पानी पु¥याउन पनि धौ धौ हुन्थ्यो, अहिले त २४ सैं घण्टा धारामा पानी आउँछ । खानमात्रै होइन, सबै कामका लागि पानी छेलोखेलो छ ।”
३९ लाख २२ हजार एकसय ९५ रुपैयाँको लागतमा निर्माण सम्पन्न खानेपानी आयोजनाका लागि स्थानीयले निकै मेहनत गरे । त्यही मेहेनतले २०७३ जेष्ठ ३ गतेबाट सुरु भएको खानेपानी आयोजनाको काम ६ महिनामै सकियो । स्थानीयले देउसी भैलो खेलेर जम्मा गरेको रकम पनि खानेपानीको लागि खर्च गरे । वर्खाको समयमा काम सुरु भएको थियो, झरी प¥यो, पहिरो आयो, पहिलो पटक बनाएको ट्याङ्कीको वाल भत्कियो, बालुवा र गिट्टीपनि पहिरोले लग्यो । तरपनि कुविन्डेबासीले हरेस खाएनन्, निरन्तर मेहनत गरे ।
पानी संकलनका लागि, २७ हजार लिटर पानी अट्ने ट्याङ्की निर्माण भयो । १६ वटा धारा बने । २४ सैं घण्टा पानी आउने ती धारा बालमैत्री पनि छन् । बालमैबी धारा बनेपछि गाउँका करिब २५० बालबालिकालाई सजिलो भएको छ । स्थानीय १२ वर्षीया अस्मिता शर्माले भन्नुभयो, “पहिला त टाढाको धारामा जानुपथ्र्यो, लाइन बस्नुपथ्र्यो । अहिले त घरमै धारा छ, सानो र ठूलो दुईटै धारा भएकाले हामी केटाकेटी सानो धारा चलाउँछौं ।”
अहिले पिउनसँगै वस्तुभाउलाई खुवाउन, भूकम्पमा लडेका घर बनाउन मात्रै होइन करेसामा तरकारी लगाउन पनि पानी पुगेको छ । वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा निर्माण सम्पन्न खानेपानी आयोजनाबाट एक सय १४ घर धुरी लाभान्बित भएका छन् । उपभोक्ता समितिका सचिव शम्भु सुवेदी अब पानीको व्यवस्था भइसकेपछि आफूलाई आवश्यक पर्ने सागपात र तरकारी आफैंले उत्पादन गरेर खान सक्ने बताउनुहुन्छ ।
भुकम्प प्रभावित जिल्लामा भूकम्पले खानेपानीकोे मुहान सुकाएपछि थुप्रै नागरिक खानेपानीको सास्ती झेलिरहेका छन् भने अन्य जिल्लाको अवस्था पनि उस्तै छ । उनीहरुका लागि, कुविन्डेका स्थानीयको मेहनत प्रेरणा बन्न सक्छ ।
Severity: Warning
Message: finfo::file(news/DSC_7791.JPG): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/DSC_7791.JPG): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार