भक्तपुर बोडेमा जिब्रो छेड्ने जात्रा आज

प्रकाशित मिति: 2017-04-15
फाइल तस्वीर
फाइल तस्वीर

भक्तपुरको बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते बोडेमा नेवार (श्रेष्ठ) समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ ।

यो पटक थिमी बोडेका ४५ वर्षिय बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेड्दै हुनुहुन्छ । एम्बुलेन्स चालक रहेका श्रेष्ठले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेडाउनु भएको थियो ।

मध्यपुर ठिमी–२ गणेश मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एकफिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्ने र त्यसपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।

बोडेमा हिजोदेखि आज बेलुकासम्म यो जात्रा लाग्नेगर्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुन्जेल निराहर बस्नुपर्ने परम्परा छ । 

 

तपाईंको बिचार