अकोराब प्रदेश नम्बर ४ को भेला बेशीशहरमा

प्रकाशित मिति: 2017-04-12

सामुदायिक रेडियो प्रसारक संघ अकोराब प्रदेश ४ को भेला आज लमजुङको बेशीशहरमा आज भइरहेको छ । 

प्रादेशिक भेलामा यो प्रदेशबाट अकोराबमा आवद्ध ४० रेडियोका प्रतिनिधिहरु सहभागी भएको प्रदेश ४ का अध्यक्ष शान्ति गुरुङले जानकारी दिनुभयो ।

भेलामा प्रदेशका रेडियोहरुको अवस्था र रेडियोको दीगोपनाका लागि गर्न सकिने पहलका साथै त्यस क्षेत्रको मुख्य मुद्दा पहिचान गरी सबै रेडियोले ती मुद्दा कसरी उठाउने भन्ने विषयमा छलफल हुनेछन् ।

भेलामा अकोराबको प्रदेशको कार्यविधिको मस्यौदा तथा आचारसंहिता पनि परिमार्जन गर्नका लागि त्यसमा पनि छलफल हुने भएको छ ।

अकोराब प्रदेश संरचनामा गएपछि सबै प्रदेशमा भेला गर्ने कार्यक्रम अन्तर्गत यो अन्तिम भेला हो अरु सबै प्रदेशका भेला सकिसकेका छन् । 

 

तपाईंको बिचार