सन्दर्भः ६०औं राष्ट्रिय सहकारी दिवस

६० लाख सहकारीमा आबद्ध, आधाभन्दा बढी महिला

प्रकाशित मिति: 2017-04-02

आज ६०औं राष्ट्रिय सहकारी दिवस । विभिन्न कार्यक्रम गरी सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा सहकारीहरुले मनाउँदैछन् ।

२०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सहकारी दिवस मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने तय गरिएको छ ।

देशभर विभिन्न विषयका ३४ हजार सहकारी संघसंस्था रहेका छन् । सहकारीमा संगठित रुपमा आवद्ध झण्डै ६० लाख जनसंख्या मध्ये झण्डै ५१ प्रतिशत महिला रहेको राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल जोशीले जानकारी दिनुभयो । सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक उपार्जन, गरिबी निवारण जस्ता काम भएपछि महिलाहरु आर्थिकरुपमा सशक्त हुने क्रम बढ्दो छ । 

दिवसको अवसरमा शुभकामना दिंदै सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानीले स्थानीय स्तरमा रहेको सहकारीले स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारी वृद्धि, उत्पादन गर्दै गरिबी न्यूनकरणमा सहयोग पुगेको बताउनुभएको छ । अझ सहकारीलाई व्यवस्थित गर्दै दीगो विकास लक्ष्य प्राप्त गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने पनि उहाँको भनाइ छ । 

 

तपाईंको बिचार