कोलम्बियामा बाढीपहिरो दुईसयभन्दा बढीको मृत्यु

दुई सयभन्दा बढी बेपत्ता, घाइते पनि त्यत्तिकै

प्रकाशित मिति: 2017-04-02

कोलम्बियामा वर्षापछि आएको बाढी पहिरोमा परी दुईसयभन्दा बढीको मृत्यु भएको छ । दुई सयभन्दा बढी बेपत्ता भएका छन् भने घाइते पनि त्यत्तिकै संख्यामा रहेका छन् ।

दक्षिण अमेरिकी देश कोलम्बियामा रातभरि वर्षा भएपछि नदीमा पानीको बहाव बढेको थियो भने कयौं बाँध फुटेको थियो । बाढी पहिरोले पुटुमायो प्रान्तमा बढी क्षति पु¥याएको रेडक्रसको भनाइ उधृत गर्दै बिबिसीले लेखेको छ । 

घटनास्थलको त्यहाँका राष्ट्रपति आन म्यानुएल सान्तोसले अवलोकन गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा पनि उहाँले गर्नुभएको छ । राहत र उद्धारका लागि ११ सयभन्दा बढी खटिएका छन् ।

 

तपाईंको बिचार